
जयपुर, 8 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले 21 अप्रेलमा बालोतराको पचपद्रामा रहेको रिफाइनरीको लोकार्पण गर्नेछन्। मुख्यमन्त्री भजनलाल शर्माले एक्स ह्यान्डलमा उक्त जानकारी दिएका छन्।
उनले लेखेका छन्, प्रधानमन्त्री मोदी आगामी 21 अप्रेलमा पचपदरा रिफाइनरीको लोकार्पण गर्न राजस्थान आउँदैछन्, जुन गर्वको कुरा हो। शर्माले यो रिफाइनरी मारवाडसहित सम्पूर्ण राजस्थानको आर्थिक कायाकल्प र युवाहरूका लागि रोजगारीका नयाँ ढोका खोल्ने 'भाग्यरेखा' साबित हुने बताएका छन्। उनले राजस्थानका जनताको तर्फबाट प्रधानमन्त्रीलाई न्यानो स्वागत र बधाई व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी