मणिपुर एसडीपीओ हत्याकाण्डका मुख्य आरोपी पक्राउ
मणिपुर एसडीपीओ हत्याकाण्डका मुख्य आरोपी पक्राउ


गुवाहाटी, 01 मई (हि.स.)। नेशनल इन्भेस्टीगेशन एजेन्सी (एनआईए)-ले मणिपुरमा पछिल्लो वर्ष 2023- मा भएको सब-डिभीजनल पुलिस अफिसर (एसडीपीओ) चिङ्गथम आनन्द कुमार सिंहको हत्याको मामिलामा मुख्य आरोपीलाई पक्राउ गरेको छ।

एनआईएद्वारा आज जारी बयान अनुसार आरोपी ओत्खोथाङ्ग बाइटे जो मणिपुरको तेङ्गनौपाल जिल्ला अन्तर्गत मोरेहका निवासी हुन्, संदिग्ध कुकी उग्रवादीहरूद्वारा 31 अक्टोबर, 2023-मा स्थानीय एक खेल मैदानमा जिल्ला पुलिस टीममाथि गरिएको हमलाको षड़यन्त्रमा सामेल थिए। यो घटना राज्यमा भएको जातीय हिंसा चरममा पुगेको बेला भएको थियो।

हमलामा उग्रवादीहरूले पुलिस टीममाथि गोली दागे जसमा एसडीपीओ सिंहको भुँड़ीमा गोली लाग्यो र पछि उनको मृत्यु भयो। यस मामिलालाई पहिला मोरेह पुलिसले दर्ता गरेको थियो जसलाई मार्च, 2024-मा एनआईएले आफ्नो हातमा लियो।

अनुसन्धान गर्ने क्रममा एनआईएले पत्तो लगायो, यस हमलाको षड़यन्त्र मणिपुरमा आतङ्क फैलाउने उद्देश्यले रचिएको थियो। यसै महिनाको शुरूमा एनआईएले यस हमलाका अर्को आरोपी कामगिनथाङ्ग गाङ्गटेलाई पनि पक्राउ गरेको थियो। मामिला (आरसी-02/2024/एनआईए/आईएमपी)-को जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande