
गान्तोक, 01 मई (हि.स.)। 'चिया कविता पुरस्कार 2026' स्थगित गरिएको छ। साहित्यकार खुसेन्द्र राईलाई 'चिया कविता पुरस्कार 2026' अर्पण गरिने चिया कविता सिक्किमको सर्वसम्मति भएपछि सार्वजिक गरिएको घोषणाको प्रत्युत्तरमा प्रापक राईले आफु पुरस्कार ग्रहण गर्न असमर्थ रहेको बताएपछि चिया कविता सिक्किमले वर्ष 2026 को पुरस्कार स्थगित गर्ने निर्णय गरेको छ।
साहित्यकार खुसेन्द्र राईको निर्णय नितान्त सकारात्मक अनि वर्तमान समयसापेक्ष डिस्कोर्सको रूपमा रहेको चिया कविताको ठहर छ। उनको निर्णयको उच्च सम्मान गर्दै उनको पुरस्कार ग्रहण नगर्ने जाहेरीलाई चिया कविता सिक्किमले सहर्ष स्वीकार गरेको छ। जुन चिया कविताको निम्ति सुखद अनुभव पनि रहेको चिया कविता समूहले आज प्रेस विज्ञप्तिमा बताएको छ।
चिया कविता, सिक्किमले नेपाली साहित्य समाजमा अहिलेसम्मको पुरस्कारको भाष्यमा नयाँपन थप्ने साहसिलो र गर्विलो कार्यको निम्ति साहित्यकार खुसेन्द्र राईलाई बधाई दिएको छ। साथै उनको साहित्यिक सिर्जनाको निरन्तरताको कामना व्यक्त गरेको छ। पुरस्कार स्थगित गरिए पनि तोकिएको अन्य कार्यक्रम भने यथावत र भव्य रूपमा आयोजन हुने बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल