
उत्तर दिनाजपुर, 01 मई (हि.स.)। स्कूलबाट आएपछि आफ्ना साथीहरूसित नदीमा नुहाउन गएको आठौं कक्षाको छात्र डुबेर बेपत्ता भएको छ। घटना घटेको 12 घण्टापछि पनि छात्रको सुइँको समेत पाउन सकिएको छैन। बेपत्ता छात्रको नाम अब्दुल सलाम (13) हो जो स्थानीय स्कूलमा आठौं कक्षामा अध्ययनरत छ। गए बिहीवार साँझ भएको यस घटनाले चोपड़ाको सोनापुर ग्राम पञ्चायत अन्तर्गत गयाबाड़ी धर्मगछ क्षेत्रमा खैलाबैला मचिएको छ।
परिवारले बताए अनुसार सलाम घरबाट बाख्राको लागि घाँस काट्न जान्छु भनेर आफ्नो भाइसित निक्लेको थियो। त्यसपछि उ शितपाड़ा क्षेत्रको डोक नदीमा साथीहरूसित नुहाउन पसे। नुहाउँदा-नुहाउँदैद अचानक उ गहिरो पानीमा डुब्यो। नदीको किनारमा रहेको उसको भाइले उसलाई डुब्दै गरेको देखेर तुरून्त घरमा पुगेर सूचना दियो। त्यसपछि परिवारका सदस्यहरू र स्थानीय मानिसहरूले घटनास्थलमा पुगेर लामो समयसम्म उसलाई खोजे। पछि घटनाको सूचना पाएर चोपड़ा थानाको पुलिस पनि घटनास्थलमा पुग्यो। पुलिस मुताविक किशोरलाई खोज्नको लागि गोताखोरहरूलाई नदीमा उतारिएको छ। यद्यपि 12 घण्टा बितिसक्दा पनि बेपत्ता छात्रको बारेमा कुनै सुइँको पाइएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा