
गुवाहाटी, 01 मई, (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा राज्यका सबै श्रमिकहरूलाई शुभकामना एवं बधाई दिएका छन्। उनले आफ्नो सोशल मीडिया सन्देशमा भने, श्रमिकहरूको निष्ठा, परिश्रम औ योगदानबाटै एक विकसित तथा समृद्ध समाज निर्माणको मार्ग प्रशस्त हुन्छ।
मुख्यमन्त्रीले श्रमिकहरूको अमूल्य योगदानको लागि आभार व्यक्त गर्दै उनीहरूको उत्तम स्वास्थ्य, सुख-शान्ति तथा उज्ज्वल भविष्यको कामना गरे। उनले भने, “विकसित भारत”- को निर्माणमा श्रमिकहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ। उनीहरूको कठिन परिश्रमबाटै देश अगाड़ि बढ़िरहेको छ।
डा. सरमाले यो पनि उल्लेख गरे, केन्द्र अनि राज्यको डबल इञ्जिन सरकारले श्रमिकहरूको हितमा धेरै वटा नीतिहरू लागू गरेको छ जसको उद्देस्य कार्य परिस्थितिमा सुधार, सुरक्षा सुनिश्चित गर्नु अनि उनीहरूको योगदानलाई उचित मान्यता दिनु हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा