
नयाँ दिल्ली, 01 मई (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शुक्रवार अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रतिवर्ष 35 हजार श्रमिकहरूलाई प्रशिक्षित गर्ने कौशल विकास अभियानको शुभारम्भ गरिन्।
मुख्यमन्त्री धीरपुरस्थित सन्त निरङ्कारी अस्पतालको निर्माण साइटमा श्रम विभाग औ दिल्ली भवन एवं सन्निमार्ण श्रमिक कल्याण बोर्डद्वारा आयोजित श्रमिक सम्मान समारोहमा सामेल भइन्। उनले श्रमिकहरूको लागि चाँड़ै आधुनिक लेबर चौक औ श्रमिक सेवा केन्द्र स्थापना गर्ने घोषणा गर्दै भनिन्, यिनीहरूको माध्यमबाट आवश्यक सेवाहरू सोझै श्रमिकहरूसम्म पुग्नेछ।
मुख्यमन्त्रीले यस अवधि एक हजार निर्माण श्रमिकहरूलाई सुरक्षा किट औ श्रमिक परिवारहरूका 100 बाल-बालिकाहरूलाई शिक्षा किट प्रदान गरिन्। उनले मजदुरहरूसित बातचित गर्दै उनीहरूको समस्यालाई बुझिन् अनि त्यसको समाधान गर्ने आश्वासन दिइन्। राष्ट्र्रिय राजधानीमा भइरहेको विकास कार्यहरूलाई गति दिनमा श्रमिकहरूले निर्वाह गरेको भूमिकाको सराहना गर्दै उनले भनिन्, श्रमिक भाइ-बहिनीहरूको अथक परिश्रमकै कारणले ठूल्ठूला विकास कार्यहरू समयमै पूरा भइरहेका छन्।
मुख्यमन्त्रीले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीले श्रमयोगीहरूको सम्मानलाई शासनको सोच अनि नीतिको केन्द्रमा स्थापित गरेका छन्। उनको मार्गदर्शनमा ‘विकसित भारत’- को सङ्कल्प श्रमिक सशक्तिकरणबाटै अगाड़ि बढ़्छ जहाँ हरेक श्रमिक सुरक्षित, सम्मानित औ अवसरहरूसित जोड़िएका हुन्छन्। यस्तै भावना बोकेर हाम्रो सरकारद्वारा पञ्जीकृत निर्माण श्रमिकहरूको लागि पञ्जीरण तथा नवीनीकरण शुल्कलाई पूर्णतः माफ गरिँदैछ। यसरी नै “सामूहिक विवाह योजना”- को माध्यमबाट श्रमिक परिवारहरूलाई सम्मानपूर्ण सहयोग प्राप्त हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा