उपमेयर डा. मोनिका पन्तले डीडीए मार्केट, कड़कड़डूमाको गरिन् छड़्के निरीक्षण भ्रमण
उपमेयर डा. मोनिका पन्तले डीडीए मार्केट, कड़कड़डूमाको गरिन् छड़्के निरीक्षण भ्रमण


नयाँ दिल्ली, 01 मई (हि.स.)। दिल्लीकी उपमेयर डा. मोनिका पन्तले शुक्रवार आनन्द विहारको वार्ड नम्बर 206 अन्तर्गत डीडीए मार्केट, कड़कड़डूमाको छड़के भ्रमम गरी अवैध निर्माण तथा अतिक्रमणविरूद्ध कड़ा कारबाही गरिन्। निरीक्षणको क्रममा अवैध कब्जाहरूलाई हटाइयो साथै सम्बन्धित विभागहरूलाई तत्काल कड़ाई गर्ने निर्देश दिइन्।

उपमेयर डा. मोनिका पन्तले भनिन्, अतिक्रमण र अवैध निर्माणलाई कुनै पनि अवस्थामा सहन गरिनेछैन। लापरवाही गर्ने अधिकारीहरूको जवाफदेही तय गरिनेछ। उनले अधिकारीहरूलाई चेताउनी दिँदै भनिन्, भविष्यमा यस्ता अनियमितता पुनः दोहोरिए कड़ा कारबाही सुनिश्चित गरिनेछ।

डा. मोनिका पन्तले क्षेत्रमा नियमित मनिटरिङ्ग, सर-सफाई औ सुव्यवस्थालाई कायम राख्ने सम्बन्धमा कड़ा दिशानिर्देश जारी गरिन्।

उपमेयरले भनिन्, दिल्ली नगरनिगमले “जीरो टलरेन्स”- को नीतिमा काम गरिरहेको छ तथा राजधानीलाई अतिक्रमण मुक्त, स्वच्छ एवं व्यवस्थित बनाउनको लागि लगातार अभियान सञ्चालन गरिँदैछ। उनले अधिकारीहरूलाई निर्देशित गरिन्, जनहितलाी सर्वोपरी राख्दै हरेक स्तरमा कड़ाई तथा पारदर्शिता सुनिश्चित गरियोस्।

निरीक्षण अवधि शाहदरा साउथ जोनकी उपायुक्त ममता यादव सहित अन्य सम्बन्धित अधिकारीहरू पनि घटनास्थलमा उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande