घरभित्रै फाँसीमा झुण्डिरहेको युवकको शव, जाँचमा जुट्यो पुलिस
घरभित्रै फाँसीमा झुण्डिरहेको युवकको शव, जाँचमा जुट्यो पुलिस


पश्चिम मेदिनीपुर, 01 मई (हि.स.)। जिल्लाको दाँतन थाना क्षेत्रमा भएको एकजना व्यक्तिको संदिग्ध मृत्युको घटनाले सम्पूर्ण क्षेत्रमा खैलाबैला मचायो। शुक्रवार बिहान घरभित्रै उक्त व्यक्तिको शव भेटियो। मृतकको पहिचान प्रसेनजित दास (37)-को रूपमा भएको छ जो दाँतन थाना अन्तर्गत एकामालिपुर गाउँका निवासी थिए।

पुलिस सूत्र अनुसार प्रारम्भिक जाँचमा आशङ्का व्यक्त गरिँदैछ, उसले फाँसी लगाएर आत्महत्या गरेको हो।

परिवारका सदस्यहरूको भनाइ छ, प्रसेनजित दास पछिल्लो केही समयदेखिको मानसिक अवसादसित जुझिरहेका थिए। तिनको मृत्युको सही कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन।

पुलिसले बतायो, मामिलाको जाँच शुरू गरिएको छ। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि खड़गपुर महकुमा अस्पतालमा पठाइदिएको छ। रिपोर्ट आएपछि नै मृत्युको सही कारण स्पष्ट हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande