किशोरको संदिग्ध अवस्थामा शव भेटियो, परिवारद्वारा हत्या भएको आशङ्का व्यक्त
किशोरको संदिग्ध अवस्थामा शव भेटियो, परिवारद्वारा हत्या भएको आशङ्का व्यक्त


दुर्गापुर, 01 मई (हि.स.)। दुर्गापुरको जेमुआ क्षेत्रमा शुक्रवार बिहान एकजना किशोरको शव संदिग्ध अवस्थामा फेला परेको घटनाले क्षेत्रमा सन्त्राष फैलिएको छ। मृतकको पहिचान शेख रशिदुल (17)-को रूपमा भएको छ।

पुलिस अनुसार किशोरको शव जेमुआ क्षेत्रस्थित एक खेतको छेउमा टिनको छानोमा झुण्डिरहेको थियो। तथापि उसको खुट्टाले भुँइ छोइरहेको थियो जसबाट मामिलामाथि धेरै वटा प्रश्न उठिरहेको छ। परिवारले यसलाी असामान्य मृत्यु बताउँदै हत्या भएको आशङ्का व्यक्त गरेको छ।

परिवारजन मुताविक रशिदुल गए बिहीवार साँझ “बाथरूम गएको” भनेर घरबाट गएका थिए, त्यसपछिदेखि नै तिनी बेपत्ता भएका थिए। शुक्रवार बिहान स्थानीय मानिसहरूले उनीहरूलाई रशिदुलको मृत्युको जानकारी दिए।

परिवारले बतायो, गत बुधवार रशिदुललाई एकजना युवतीसित देखिएको थियो। पुलिसले यी दुईलाई केही समयको लागि रोकेको पनि थियो, तर पछि छोड़िदियो। त्यो रात तिनले आफ्नो साथीको घरमा बिताए। बिहीवार घरमा आएको रशिदुल त्यै साँझदेखि फेरि बेपत्ता भए।

मृतकको भाइले भने, गलामा गलफन्दा छ, तर खुट्टा जमीनमा छ। हामीलाई शङ्का लागेको छ कि उसित केही गलत भएको छ। हामी पुलिससित निष्पक्ष जाँच गर्ने माग गर्दछौं।

पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागाि दुर्गाापुर महकुमा अस्पताल त्यसपछि आसनसोल जिल्ला अस्पतालमा पठाइदिएको छ।

अधिकारीहरूको भनाइ छ, पोस्टर्मटम रिपोर्ट आएपछि नै मृत्युको सही कारण स्पष्ट हुनेछ। हाल मामिलाको जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande