नक्कली नोटहरूको बण्डल दिएर बुजुर्ग महिलालाई ठग्यो
नक्कली नोटहरूको बण्डल दिएर बुजुर्ग महिलालाई ठग्यो


सिलगढ़ी, 01 मई (हि.स.)। सिलगढ़ी संलग्न फुलबाड़ीको बटालियन मोड़ क्षेत्रमा शुक्रवार अपरान्ह नक्कली नोटहरूको बण्डल दिएर बुजुर्ग महिलालाई ठगेको घटना प्रकाशमा आएको छ।

प्राप्त जानकारी अनुसार पारुल विश्वास (60) बजार जानको लागि घरबाट हिँड़ेकी थिइन्। बटालियन मोड़ क्षेत्रमा पुगेपछि दुई जना अज्ञात युवकहरूले तिनीसित बातचित गर्न थाले। बातचितमा अल्झाएर तिनीहरूलाई महिलालाई बताए, तिनीहरूसित लाखौं रुपियाँको बण्डल छ। त्यसपछि तिनीहरूले कपड़ामा बेरेको एक बण्डल पारूल देवीलाी दिए।

ठगहरूको कुरामाथि भरोसा गरेर पारूल विस्वासले आफूसित भएको सुन-चाँदीका गहना र नगद तिनीहरूलाी दिइन्। तर केही समयपछि ती युवकहरू त्यहाँबाट गरेपछि महिलालाई शङ्का लाग्यो। बण्डल खोलेर हेर्दा त्यसमा नोटहरूको सट्टा कागजले भरिएको थियो त्यसपछि महिलालाई आफू ठगिएको कुरा थाहा भयो। घटनाको खबर पैलिनसाथ सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचियो। सूचना पाएर न्यू जलपाईगुड़ी थानाको पुलिस घटनास्थलमा पुग्यो अनि जाँच शुरू गऱ्यो। वरिपरीका सीसीटीभीको फुटेज जाँचेर आरोपीहरूलाई चिन्हित गर्ने प्रयास गरिँदैछ।

पुलिसले मानिसहरूसित अपील गरेको छ, यस किसिमको प्रलोभनमा फस्नु हुँदैन। कुनै पनि संदिग्ध गतिविधि भएको सुइँको पाए तुरून्तै प्रशासनलाई सूचना दिइयोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande