राज्यपाल आर, एन. रविले महाराष्ट्र तथा गुजरात दिवसमा दिए शुभकामना
राज्यपाल आर, एन. रविले महाराष्ट्र तथा गुजरात दिवसमा दिए शुभकामना


कोलकाता, 01 मई (हि.स.)। पश्चिम बङ्गालका राज्यपाल आर. एन. रविले शुक्रवार सोशल मीडिया प्लेटफर्म एक्समा महाराष्ट्र दिवस एवं गुजरात राज्य स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिए।

लोकभवन, पश्चिम बङ्गालद्वारा महाराष्ट्र दिवसको अवसरमा जारी सन्देशमा भनियो, छत्रपति शिवाजी महाराजको पावन भूमि, सन्त एवं महान विचारकहरूको परम्पराबाट समृद्ध महाराष्ट्र साहस एवं उद्यमिताको प्रतीक रहिआएको छ। राज्यको समृद्ध सांस्कृतिक धरोहर एवं सामाजिक सुधारहरूको परम्पराले देशलाई प्रेरित गर्दै आइरहेको छ।

सन्देशमा थप भनियो, परिश्रमी एवं कर्मठ मानिसहरूको सङ्कल्पबाट महाराष्ट्रले विभिन्न क्षेत्रमा भारतको प्रगतिलाई गति दिरहेको छ साथै भविष्यमा पनि विकास, समृद्धि र उत्कृष्टताको नयाँ उचाईंलाई छोइरहोस्।

यसरी नै गुजरात दिवसको अवसरमा जारी सन्देशमा भनियो, महात्मा गान्धीका आदर्श अनि सरदार वल्लभभाई पटेलको दूरदर्शी नेतृत्वबाट प्रेरित गुजरात भारतको सभ्यतागत शक्तिको प्रतीक हो। स्वतन्त्रता सङ्ग्रामदेकि लिएर राष्ट्र निर्माणसम्म गुजरातको भूमिका महत्वपूर्ण रहिआएको छ।

सन्देशमा अझ भनियो, आफ्ना मानिसहरूको उद्यमशीलता र परिश्रमको बलमा गुजरात आज पनि विभिन्न क्षेत्रमा विकास एवं प्रगतिको मुख्य केन्द्र भएको छ भने देशलाई समृद्धिको दिशा तर्फ अग्रसर गराइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande