सिङ्गुरमा डम्परसित ठोक्कियो ट्रक, 4 जनाको मृत्यु 6 जना घाइते
सिङ्गुरमा डम्परसित ठोक्कियो ट्रक, 4 जनाको मृत्यु 6 जना घाइते


हुगली, 01 मई (हि.स.)। जिल्लाको सिङ्गुरस्थित रतनपुर क्षेत्रको दुर्गापुर एक्सप्रेसवेमा शुक्रवार बिहान सबेरै एक भयानक सड़क दुर्घटना भयो।यस घटनामा 4 जना मानिसहरूको मृत्यु भयो भने अन्य 6 जना घाइते भए। मृतकहरूको पहिचान परितोष कीर्तनिया, काजल कीर्तनिया, फुली मुखर्जी औ मितु बागको रूपमा भएको छ। सबै डानकुनीका निवासी थिए।

प्राप्त जानकारी अनुसार एक परिवार गयादेखि पिण्डदान गरेर सानो ट्रकमा सवार भई डानकुनीस्थित आफ्नो घर तर्फ फर्किरहेको थियो। यसै क्रममा कोलकाता तर्फ जाने लेनमा खड़ा एक डम्परको पछाड़ि उनीहरूको ट्रक द्रूत गतिमा ठोक्कियो। यस दुर्घटनामा एक दम्पति र उनका दुई विवाहित छोरीहरूको घटनास्थलमै मृत्यु भयो। घाइतेहरूलाई अस्पतालमा भर्ती गरिएको छ।

पुलिस अनुसार दुर्घटनाको कारण पत्तो लगाउन जाँच शुरू गरिएको छ। प्रारम्भिक रूपमा मानिँदैछ, खड़ा डम्परलाई समयमै नदेखेको कारणले यो दुर्घटना भएको हो।

दुर्घटनाको कारणले क्षेत्रमा कोकोहोलो मचियो। केही समयको लागि यातायात पनि प्रभावित भयो। पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande