
नयाँ दिल्ली, 01 मई (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धूले शुक्रवार जनगणना-2027 अन्तर्गत लोक निवासमा स्व-गणना कार्य पूरा गरे। दिल्ली नगरनिगमका सबै वार्डहरूमा आजदेखि जनगणना- 2027 अभियान आधिकारिक रूपमा शुरू भएको छ।
उपराज्यपालले सोशल मीडिया अकाउन्टमा आफ्नो पोस्ट साझा गर्दै भने, दिल्ली नगरनिगमको यस डिजीटल पहलले नागरिकहरूलाई आफ्नो घरको जानकारी सोझै जमा गराउने सविधा दिन्छ जसबाट यो सुनिश्चित गर्नमा मद्दत पााइन्छ कि प्रत्येक निवासीको सही गणना होस्। उनले भने, विश्वसनीय डेटा समावेशी शासन एवं एक मजबुत, विकसित राष्ट्रको लागि महत्वपूर्ण छ।
उपराज्यपालले दिल्लीका सबै मानिसहरूसित स्व-गणना प्रक्रियामा भाग लिने अनि जनगणनालाई समर्थन गर्ने आग्रह गरे। उनले भने, तपाईहरूको सहभागिताले हाम्रो शहर अनि राष्ट्रको भविष्यलाई आकार दिनमा महत्वपूर्ण भूमिका निभाउँछ।
उल्लेखनीय छ, दिल्ली क्यान्ट, नयाँ दिल्ली नगरपालिका परिषदमा गत 16 अप्रेलदेखि नै जनगणना 2027 अभियान शुरू भएको छ। 1 मईदेखि एमसीडीका सबै वार्डहरूमा जनगणना-2027 को पहिलो चरण शुरू भइसकेको छ। यी क्षेत्रमा बस्ने मानिसहरूले आगामी 15 मईसम्म अनलाइन स्व-गणना कार्य गर्न सक्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा