मणिपुरमा सुरक्षा बलहरूले पिस्तोल र गोला-बारूदसितै आरोपीलाई समाते
मणिपुरमा सुरक्षा बलहरूले पिस्तोल र गोला-बारूदसितै आरोपीलाई समाते


सेनापति (मणिपुर), 01 मई (हि.स.)। मणिपुरको सेनापति जिल्लामा सुरक्षा बलहरूले एक अभियानको क्रममा एकजना व्यक्तिलाी पक्राउ गरी उबाट हतियार सहित अन्य वस्तुहरू जफत गरेका छन्।

पक्रा पर्ने व्यक्तिको पहिचान एस चाखोको रूपमा भएको छ जो सेनापति थाना अधिनस्थ माखन सेन्टर गाउँ निवासी रहेको बताइएको छ। पुलिस प्रवक्ताले आज बताए, यो पक्राउ गए 30 अप्रेलमा सञ्चालित एक अभियानमा गरिएको हो।

सुरक्षाबलहरूले आरोपीबाट एउटा 7.65 मिमी पिस्तोल म्यागजिन सहित, 7.65 मिमीको दुई वटा जिउँदो कारतूस, एउटा मोबाइल फोन र एउटा आधार कार्ड जफत गरेका छन्।

मामिलाको अग्रिम जाँच भइरहेको छ ताकि हतियारको स्रोत अनि आरोपीको सम्भावित सम्बन्धको बारेमा पत्तो लगाउन सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande