
हुगली, 01 मई (हि.स.)। हुगली जिल्लाको गोघाट गए बिहीवार राती परेको पानी र हावा-हुन्डरीले दोहोरो मारमा पऱ्यो। एकातिर जलभराउको समस्याले आम जनजीवन प्रभावित भएको छ भने अर्कोतिर किसानहरूको पाकेको धानको बालीलाई व्यापक क्षति पुऱ्याएको छ।
सामान्य वर्षा हुँदै गोघाटमा कतिपय क्षेत्रहरूका सड़कहरूमा पानी भरियो जसले गर्दा मानिसहरूलाई विभिन्न समस्याको सामना गर्नु परिरहेको छ। धेरैवटा सड़कहरू जलमग्न भएका छन्। मानिसहरू जोखिम मोलेर भए पनि पानीले भरिएको बाटोबाट गुज्रिन परिरहेको छ। विशेष गरी रेलवे पुलको मुनि घुँड़ा-घुँड़ासम्म पानी जमिएको छ साथै ठूलो खाल्डो परेको छ जसले गर्दा वाहन चालक अनि बटुवाहरूको लागि जोखिम बढ़ेको छ। हालैमा एउटा टोटो काल्डोमा परेर पल्टिएको घटना प्रकाशमा आएको छ।
स्थानीय मानिसहरूको आरोप छ, यो समस्या पछिल्लो लामो समयदेखिकै यथावत छ, तर प्रशासनद्वारा कुनै स्थायी समाधान गरिएको छैन। उनीहरूले जल निकासी व्यवस्थामा सुधार ल्याउने तथा सड़कहरूको मरम्मत गर्ने माग समेत गरेका छन्।
यसैबीच तीव्र हावा-हुन्डरी तथा वर्षाले किसानहरूको समस्यालाई झन् बढ़ाइदिएको छ। बोरो धान काट्ने समयमा परेको पानीले खेतहरूमा काटेर थुपारिएको तथा नकाटेको दुवै बालीलाई नोक्सान पुऱ्याएको छ। बेङ्गाई, मदिना र कुमारगञ्ज समेत धेरै वटा ठाउँहरूमा खेतहरूमा पानी भरिएको छ।
प्रशासनको पक्षबाट नोक्सानको मूल्याङ्कन गरिँदैछ भने अर्कोतिर स्थानीय मानिसहरू र किसानहरूले चाँड़ै क्षतिपूर्ति दिने माग गरिरहेका छन्। गोघाटमा प्राकृतिक आपदाको यस दोहोरो मारले आम जनता तथा किसान दुवै सङ्कटमा परेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा