
गुवाहाटी, 01 मई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बोडो समाजका महान नेता बोडोफा उपेन्द्रनाथ ब्रह्मको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। उनले भने, ब्रह्मले बोडो समाजको स्वाभिमान, अधिकार औ सम्मानको रक्षा गर्नका लागि अदम्य साहस औ दृढ़ता पूर्वक सङ्घर्ष गरे।
मुख्यमन्त्रीले भने, बोडोफा उपेन्द्रनाथ ब्रह्मका महान आदर्श, त्याग एवं उनका उत्कृष्ट कार्यहरूलाई बोडो तथा असमिया समाजले सदैव सम्झनेछ। उनले उनीप्रति गहिरो सम्मान व्यक्त गर्दै बताए, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्र सरकारले नयाँ दिल्लीमा उनको नाममा एक महत्वपूर्ण सड़कको नामाकरण गर्नका साथै उनको प्रतिमा स्थापना गर्ने पहल गरे जुन एक सराहनीय कदम हो।
मुख्यमन्त्रीले भने, बोडोफा उपेन्द्रनाथ ब्रह्म असम तथा बोड़ोल्याण्ड क्षेत्रका सबैभन्दा महान अनि प्रेरणादायक व्यक्तित्वहरूमध्ये एक थिए। उनको आदर्शले आज पनि समाजको सेवा गर्ने तथा बोड़ोल्याण्ड क्षेत्रीय क्षेत्र (बीटीआर)-लाई सशक्त एवं समृद्ध बनाउने दिशामा मार्गदर्शन प्रदान गर्छ। उनले अन्तमा बोडोफा उपेन्द्रनाथ ब्रह्मलाई श्रद्धाञ्जली अर्पण गर्दै उनीप्रति गहिरो श्रद्धा व्यक्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा