पश्चिम बङ्गालमा गर्मीबाट राहत पाउने सम्भावना, केही जिल्लाहरूमा 60 किमी प्रतिघण्टाको गतिले कालबैसाखीको चेताउनी
पश्चिम बङ्गालमा गर्मीबाट राहत पाउने सम्भावना, केही जिल्लाहरूमा 60 किमी प्रतिघण्टाको गतिले कालबैसाखीको चेताउनी


कोलकाता, 10 जून (हि.स.)। पश्चिम बङ्गालमा भीषण गर्मी औ आद्रताले मानिसहरूको बेहाल भएको छ। कोलकातामा बिहान 8 बजेदेखि नै च्याप-च्यापी गर्मीको प्रभाव देखिन्छ जसले गर्दा दिनभरि नै मानिसहरूलाई विभिन्न असुविधाको सामना गर्न परिरहेको छ। तथापि मौसम विभागानुसार बुधवार राज्यका केही जिल्लाहरूमा आंशिक राहत पाउन सकिन्छ, किनभने कालबैसाखीको प्रभावले कतिपय स्थानहरूमा तीव्र हुरी तथा वर्षा हुने सम्भावना व्यक्त गरिएको छ।

मौसमको पूर्वानुमान अनुसार कोलकाता तथा यस वरपरका क्षेत्रहरूमा आगामी 24 घण्टाको अवधिसम्म आकाशलाई आंशिक रूपमा बादलले ढाकिरहनसक्छ। बिहान शहरका केही भागहरूमा मेघ गर्जनसितै हल्का पानी पर्नसक्छ।

दक्षिण बङ्गालमा मौसमको स्वरूप भिन्न-भिन्न जिल्लाहरूमा भिन्न-भिन्नै रहनेछ। केही क्षेत्रहरूमा मेघ गर्जनसितै वर्षा तथातीव्र हावाको अलर्ट जारी गरिएको छ। कतिपय स्थानहरूमा हावाको गति 50-60 किलोमीटर प्रतिघण्टासम्म पुग्नसक्छ। तीव्र हावाको कारणले रूख ढलेर बिजुली आपूर्ति प्रभावित हुने आशङ्का व्यक्त गरिएको छ।

पूर्व तथा पश्चिम बर्धमान, बीरभूम, मुर्शिदाबाद, नदिया, हुगली एवं उत्तर 24 परगना जस्ता जिल्लाहरूका कतिपय स्थानहरूमा मध्यम वर्षा तथा वज्रपात हुने सम्भावना छ भने दक्षिण बङ्गालका अन्य जिल्लाहरूका कतिपय स्थानहरूमा पनि पानी पर्नसक्छ।

अर्कोतिर झारग्राम, पश्चिम मेदिनीपुर, बाँकुड़ा औ पश्चिम बर्धमानका केही भागहरूमा तातो तथा आद्रतापूर्ण मौसमले मानिसहरूलाई समस्यामा पार्नसक्छ।

यता उत्तर बङ्गालको मौसम पूर्ण रूपले वर्षा अनुकूल भएको छ। दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, कुचबिहार तथा अलिपुर सहित पहाड़ी अनि तराई क्षेत्रमा आगामी 24 घण्टाको अवधिमा तीव्र वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। केही स्थानहरूमा घना वर्षासितै तीव्र हावा चल्ने अनुमान व्यक्त गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande