आनन्दमय बर्मनलाई सुम्पिइयो वित्त तथा परिवहन विभाग
आनन्दमय बर्मनलाई सुम्पिइयो वित्त तथा परिवहन विभाग


सिलगढ़ी, 10 जून (हि.स.)। माटीगाड़ा-नक्सलबाड़ी विधानसभा क्षेत्रका विधायक आनन्दमय बर्मनलाई राज्य मन्त्रीमण्डलमा नयाँ दायित्व दिइएको छ। उनलाई वित्त तथा परिवहन विभागका राज्यमन्त्री नियुक्त गरिएको छ। नयाँ दायित्व सम्हालेपछि आनन्दमय बर्मनले परिवहन व्यवस्थामा सुधार ल्याउने भरोसा दिलाएका छन्। उनले भने, विभागमा कर्मचारीहरूको अभाव एउटा ठूलो समस्या छ जसलाई चाँड़ै समाधान गर्नको लागि ठोस कदम उठाइनेछ।

उत्तर बङ्गालको परिवहन सिस्टमको सन्दर्भमा उनले बताए, पछिल्लो लामो समयदेखिको बन्द अवस्थामा रहेका केही बस रूटहरूलाई पुनः शुरू गर्ने योजना बनाइँदैछ साथै यात्रीहरूको सुविधालाई ध्यानमा राखेर राज्यमा आधुनिक इलेक्ट्रनिक बसहरूलाई सञ्चालनमा ल्याउने पहल गरिनेछ। सिलगढ़ी तथा यस वरपरका क्षेत्रहरूका मानिसहरूले नयाँ मन्त्रीले पदभार ग्रहण गरेपछि विकास कार्यले गति पाउने आशा व्यक्त गरेका छन्।

प्रशासनिक एवं राजनीतिक जगतमा पनि उनको आगामी फसेलालाई लिएर उत्सुकता देखिँदैछ। आनन्दमय बर्मनको यो नयाँ जिम्मेवारीले उत्तर बङ्गालमा परिवहन तथा बुनियादी ढाँचाको विकासलाई नयाँ दिशा दिनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande