मन्त्री अशोक सिङ्घलले कार्यभार ग्रहण गरे, पूजा-अर्चना गरी कार्यालयमा प्रवेश गरे
मन्त्री अशोक सिङ्घलले कार्यभार ग्रहण गरे, पूजा-अर्चना गरी कार्यालयमा प्रवेश गरे


गुवाहाटी, 10 जून (हि.स.)। असम सरकारमा मन्त्रीको रूपमा दायित्व प्राप्त गरेपछि अशोक शिङ्घलले बुधवार दिसपुरस्थित जनता भवनको ई-ब्लकस्थित स्वास्थ्य विभागीय कार्यालयमा विधिवत पूजा-अर्चना गरी प्रवेश गरे अनि उनले आफ्नो कार्यभार पनि ग्रहण गरे।

कार्यभार ग्रहण गरेपछि पत्रकारहरूसित बातचित गर्दै मन्त्री सिङ्घलले भने, असम महान सन्त श्रीमन्त शङ्करदेवको पवित्र भूमि औ माँ कामाख्याको धरती हो। उनले भने, यस भूमिमा “जिहाद”-को लागि कुनै स्थान छैन। यहाँ कुनै पनि प्रकारको जिहाद चल्दैन।

मन्त्रीले भने, जिहादको विकल्पको रूपमा सनातन मूल्यहरूलाई अगाड़ि बढ़ाइनेछ। उनले यो पनि भने, जिहाद जस्तो प्रवृत्तिलाई मास्नको लागि राज्य सरकारले आवश्यक कदम उठाउनेछ।

मन्त्री अशोक सिङ्घलले यस्तो टिप्पणी मन्त्री पदको कार्यभार ग्रहण गरेपछि गरेका हुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande