दिल्लीका उपराज्यपालसित छत्तीसगढ़का 65 जना युवा प्रतिभागीहरूको प्रतिनिधिमण्डलले गऱ्यो भेट
दिल्लीका उपराज्यपालसित छत्तीसगढ़का 65 जना युवा प्रतिभागीहरूको प्रतिनिधिमण्डलले गऱ्यो भेट


नयाँ दिल्ली, 10 जून (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धूसित बुधवार लोकनिवासमा 'युवा सङ्गम' फ़ेज VI पहल अन्तर्गत छत्तीसगढ़बाट आएका 65 युवा प्रतिभागीहरूको एक प्रतिनिधिमण्डलले भेट गऱ्यो। यस कार्यक्रमको समन्वय आईआईटी दिल्लीद्वारा गरिएको थियो। यो जानकारी सोशल मीडिया मञ्च एक्स 'लोक निवास' ह्याण्डलमा साझा गरिएको छ।

शिक्षा मन्त्रालयको ‘एक भारत श्रेष्ठ भारत’ अभियान अन्तर्गत सञ्चालित यो कार्यक्रम प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रिय एकता तथा सांस्कृतिक समरसताका पाँच प्रमुख स्तम्भ क्रमैले पर्यटन, परम्परा, प्रगति, परस्पर सम्पर्क तथा प्रौद्योगिकीको परिकल्पनालाई साकार गरिरहेको छ।

यस अवधि भारतको उदियमान वैश्विक भूमिका, लोक नीतिमा भइरहेको परिवर्तन तथा युवाहरूको लागि उपलब्ध अभूतपूर्व अवसरमा सार्थक चर्चा भयो। उपराज्यपालले भने, विकसित भारत @2047 -को निर्माणमा हाम्रा युवाहरू सबैभन्दा महत्वपूर्ण छन् भने उनीहरूको ऊर्जा, नवाचार तथा प्रतिबद्धता देशको उज्ज्वल भविष्यका आधारशिला हुन्।

यस अवधि उपराज्यपालले सार्वजनिक सेवा औ कुटनीतिको क्षेत्रमा आफ्ना अनुभवहरू एवं यात्राहरूसित सम्बन्धित दृष्टिकोण पनि युवाहरूसित साझा गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande