
कोलकाता, 10 जून (हि.स.)। पश्चिम बङ्गालका पूर्व नगर विकास मन्त्री औ कोलकाताका पूर्व मेयर फिरहाद हाकिमविरूद्ध महिलाहरूमाथि कथित आपत्तिजनक टिप्पणी तथा धार्मिक उक्साहटसित सम्बन्धित आरोपहरूलाई लिएर बिधाननगर दक्षिण थानामा लिखित सिकायत दर्ता गरिएको छ। स्थानीय भाजपा कार्यकर्ता सञ्जय पोयराले बुधवार सिकायत दर्ता गराएका हुन्।
सञ्जय पोयराको आरोप छ, पछिल्लो 7 नोभेम्बर, 2024-मा सन्देशखालीमा आयोजित तृणमूल कङ्ग्रेसको एक सभामा फिरहाद हाकिमले महिलाहरूको सम्बन्धमा कथित रूपमा आपत्तिजनक तथा अपमानजनक टिप्पणी गरेका थिए। सिकायतकर्ताको दाबी छ, त्यसताक उनले प्रधानमन्भी नरेन्द्र मोदीविरूद्ध पनि कथित रूपमा अभद्र टिप्पणी गरेका थिए। पोयराले भने, उनीसित त्यस भाषणको भीडियो फुटेज पनि छ।
पुलिस सूत्र अनुसार सिकायतमा यो पनि आरोप लगाइएको छ, 3 जुलाई, 2024- को दिन सम्पन्न भएको एक सरकारी कार्यक्रममा हिरपाद हाकिमले कथित रूपमा धार्मिक भावना तथा साम्प्रदायिक विभाजन उत्पन्न गर्ने टिप्पणी गरेका थिए।
भाजपा कार्यकर्ताहरूको दाबी छ, वर्ष 2024-मा यी घटनाहरू घटेपछि उनी सिकायत दर्ता गराउनको लागि बिधाननगर दक्षिण थानामा पुगेका थिए, तर त्यसताक उनको सिकायतलाई स्वीकार गरिएको थिएन। उनको आरोप छ, तत्कालीन राजनीतिक परिस्थितिको कारणले पुलिस कारबाही हुन सकेन।
सञ्जय पोयराले भने, राज्यको राजनीतिक परिस्थिति परिवर्तन भएपछि उनले एकपटक फेरि थानामा गएर सिकायत दर्ता गराएका छन्। उनले आशा व्यक्त गरे, अब पुलिसले मामिलाको निष्पक्ष जाँच गर्नेछ।
हाल पुलिसको पक्षबाट यस सिकायतलाई लिएर कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। मामिलाको जाँच तथा सिकायतमा लगाइएका आरोपहरूको सत्यताको पुष्टि हुनु बाँकी नै छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा