
गुवाहाटी, 10 जून, (हि.स.)। बहुचर्चित जुबिन गर्ग हत्याकाण्ड मामिलाको सुनवाई अब बुधवारदेखि विशेष फास्ट ट्र्याक अदालतमा अगाड़ि बढ़्नेछ। यस मामिलामा आज चार जना साक्षीहरूले अदालतमा आफ्नो बयान दर्ता गराउनेछन्।
प्राप्त जानकारी अनुसार बिरिञ्ची बोरा, प्रभाकर फूकन, अनुज कुमार बैश्य औ राजाले असम अदालतमा उपस्थित भएर मामिलासित सम्बन्धित आफ्नो गवाही दर्ता गराउनेछन्।
उल्लेखनीय छ, मामिलामा आरोप पत्रमाथि सुनवाई गर्ने प्रक्रिया गत महिना नै पूरा भइसकेको छ। वर्तमानमा मामिलाको दोस्रो चरणमा साक्षीहरूको बयान दर्ता गरिँदैछ।
यसबीच मामिलासित सम्बन्धित आरोपीहरूको जमानत याचिकाहरूलाई विशेष ट्र्याक अदालत तथा गौहाटी उच्च न्यायालयमा पहिला नै खारेज भइसकेको छ।
बहुचर्चित हत्याकाण्डको सुनवाई विशेष फास्ट ट्र्याक अदालतमा लगातार भइरहेको छ। गवाहहरूको बयान दर्ता भएपछि मामिलामा अग्रिम कानूनी प्रक्रिया तथा महत्वपूर्ण घटनाक्रमहरूको खुलासा हुने सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा