
ग्वालपाड़ा (असम), 10 जून (हि.स.)। ग्वालपाड़ा जिल्लाका अभिभावक मन्त्रीको रूपमा दायित्व सम्हालेपछि वित्त आदि मामिलाका मन्त्री जयन्त मल्ल बरूवाले महत्वपूर्ण कदम उठाउँदै भने, जिल्लामा अतिक्रमण हटाऔं अभियान कायम रहनेछ।
उनले भने, यसपालि लगभग पाँच लाख बिघा वनभूमिलाई अवैध कब्जादेखि मुक्त गराउने लक्ष्य राखिएको छ।
मन्त्री बरुवाले स्पष्ट पारे, राज्य सरकार वनभूमिको सुरक्षा एवं संरक्षणको लागि प्रतिबद्ध छ। त्यसैले अवैध अतिक्रमणविरूद्ध कानूनी तथा प्रशासनिक कारबाही आगामी दिनमा पनि जारी रहनेछ।
यसावधि मन्त्रीले ग्वालपाड़ाका एकजना दिवङ्गत शिक्षक परिवारको पछिल्लो तीन वर्षदेखि थाँतीमा रहेको पेन्शनको समस्या समाधान गर्ने निर्देश दिए। उनको निर्देश पश्चात जिल्ला प्रशासनले तत्काल कदम उठाउँदै मामिलालाई सुल्झाउने प्रक्रिया शुरू गऱ्यो।
मन्त्रीको निर्देशानुसार प्रशासनले तत्काल कारबाही गर्दै लम्बित पेन्शनको ममिलासमाधान गर्ने व्यवस्था गऱ्यो जसबाट सम्बन्धित परिवारले राहत पाउने मार्ग प्रशस्त भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा