कोलकाताका 14 वटा रूटहरूमा सरकारी बसको सेवा बढ़ाइयो
कोलकाताका 14 वटा रूटहरूमा सरकारी बसको सेवा बढ़ाइयो


कोलकाता, 10 जून (हि.स.)। पश्चिम बङ्गाल सरकारले राजधानी कोलकाताका विभिन्न व्यस्त मार्गहरूमा बढ़्दो यात्री सङ्ख्यालाई मध्यनजर गर्दै 14 वटा रूटहरूमा सरकारी बसहरूको सङ्ख्या बढ़ाउने निर्णय लिएको छ। परिवहन विभागद्वारा हालैमा गरिएको एक सर्वेक्षणको आधारमा यो कदम उठाइएको हो।

राज्यमा महिलाहरूको लागि निःशुल्क सरकारी बस सेवा शरू भएपछि केही रूटहरूमा यात्रीहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। विशेष गरी कार्यालय जाने समयमा वा अन्य समयमा पनि बसहरूमा अत्यधिक भीड़ देखिँदैछ। यसैलाई ध्यानमा राख्दै पहिलो चरणमा केही महत्वपूर्ण मार्गहरूमा अतिरिक्त बसहरूलाई सञ्चालन गर्ने फसेला लिइएको छ।

बसहरूको सङ्ख्या बढ़ाइएका रूटहरूमा क्रमैले उल्टाडाङ्गा-इको स्पेस (न्यू टाउन), इको पार्क-हावड़ा स्टेशन, उल्टाडाङ्गा-सेक्टर फाइभ, जादवपुर-करुणामयी, रथतला-हावड़ा स्टेशन, उल्टाडाङ्गा-रूबी, हावड़ा स्टेशन-गड़िया, हावड़ा स्टेशन-एयरपोर्ट तथा रूबी-हावड़ा मार्ग सामेल छन्।

परिवहन विभागको सर्वेक्षणमा पाइयो, केही रूटहरूमा महिलाहरूको सङ्ख्या यति धेरै भएको छ जसले गर्दा यात्रीहरूलाई बसमा चढ़्न समेतस मस्या हुन्छ। यसै रिपोर्टको आधारमा यी मार्गहरूमा अतिरिक्त बसहरूलाई सञ्चालन गर्ने निर्णय लिइएको छ।

वर्तमानमा राज्यका 368 रूटहरूमा 1,783 सरकारी बसहरू सञ्चालन भइरहेका छन्। परिवहन विभागले आगामी 6 महिनाभित्रमा थप 50 वटा नयाँ इलेक्ट्रनिक बसहरूलाई पनि सेवामा सामेल गर्ने योजना बनाएको छ।

यसबीच केही क्षेत्रहरूबाट सिकायत पनि प्राप्त भएको छ, निःशुल्क यात्रा सुविधाको कारणले केही बसहरू महिला यात्रीहरूलाई देखेर रोकिँदैनन्। यात्रीहरूले यो पनि आरोप लगाएका छन्, बसहरूमा सीट खाली भए पनि स्टोपेजहरूमा बस रोकिँदैन। परिवहन विभागले यस्ता मामिलाहरूमा निगरानी बढ़ाउने तथा आवश्यक कारबाही गर्ने आश्वासन दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande