
जोरहाट (असम), 10 जून, (हि.स.)। असमको जोरहाट जिल्लास्थित पुलिबोर थाना अन्तर्गत बाहफला गाउँमा एउटा सन्त्राषपूर्ण घटना घटेको थाहा लागेको छ। पारिवारिक विवादको कारणले पत्नीले पतिको हत्या गरेको आशङ्का व्यक्त गरिएको छ।
पुलिसले बुधवार बतायो, मृतकको पहिचान सञ्जीव यादवको रूपमा भएको छ। जानकारी अनुसार पत्नी बोगीमणि यादवले धारिलो हतियारले पति सञ्जीवमाथि प्रहार गरी। घटनाको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। प्रारम्भिक जाँचमा पारिवारिक कलहलाई नै हत्याको कारण मानिंँदैछ।
पुलिसले आरोपी पत्नी बोगीमणि यादवलाई पक्राउ गरेको छ। मामिलाको जाँच भइरहेको छ। तथापि पुलिस हत्या पछाड़िको वास्तविक कारण पत्तो लगाउन जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा