
-पति-पत्नीको झगड़ाको पीड़ादायी अन्त, शिरमा प्रहार गरिएको कारणले महिलाको मृत्यु-
पूर्वी सिंहभूम, 10 जून (हि.स.)। एमजीएम थाना अधिनस्थ तुरियाबेड़ास्थित धर्माबाँधामा गए मङ्गलवार राती पति-पत्नीबीच भएको विवादले हत्याको रूप लियो। घरेलु कलह भइरहँदा एकजना होटल सञ्चालकले आफ्नी पत्नीको शिरमा प्रहार गऱ्यो जसले गर्दा पत्नीको मृत्यु भयो। घटनापछि क्षेत्रमा खैलाबैला मचिएको छ। पुलिसले आरोपी पतिलाई हिरासतमा लिएर जाँचबुझ गरिरहेको छ।
जानकारी अनुसार मृतकाको पहिचान 40 वर्षीय गीता मण्डलको रूपमा भएको छ। भनिन्छ, उनका पति बापी मण्डलले डिमान रोड क्षेत्रमा एउटा होटल चलाउँछ। गए मङ्गलवार राती पति-पत्नीमाझ कुनै कुरालाई लिएर भनाबैरी भयो, यसै अवधि बापी मण्डलले कुनै वस्तुले गीताको टाउकोमा प्रवार गऱ्यो। गम्भीर चोट लागेको कारणले गीता रगताम्मे भएर भुइँमा मुर्छा परिन्।
घटनापछि खैलाबैला मचियो। वरपरका मानिसहरूले घटनाको सूचना एमजीएम थाना पुलिसलाई दिए। सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर घाइते गीता मण्डललाई तत्काल एमजीेएम अस्पतालमा पुऱ्यायो। चिकित्सकहरूले तिनको उपचार प्रक्रिया शुरू गरे, तर टाउकोमा गहिरो चोट लागेको कारणले उपचारको क्रममै तिनको मृत्यु भयो।
पुलिस जाँचमा यो पनि थाहा लागेको छ, पति-पत्नीबीच पछिल्लो केही महिनादेखिको सम्बन्धलाई लिएर तनाउ भइरहेको थियो। आरोपी बापी मण्डलले जाँचबुझमा बताए, गीताले बारिडिह निवासी एकजना युवकसित फोनमा बातचित गरिरहने हुनाले तिनलाई आपत्ती थियो। यसै कुरालाई लिएर दुईबीच पहिला पनि कैयौं पटक विवाद भएको थियो। मामिला थानासम्म पनि पुगेको थियो जहाँ दुवै पक्षमाझ सम्झौता गराइएको थियो।
भनिन्छ, बापी मण्डल र गीता मण्डल दुवैको यो दोस्रो विवाह थियो। बापीकी पहिलो पत्नीबाट दुई जना सन्तान पनि छन्। गीता पनि आफ्नो पतिदेखि अलग्गै बसेकी थिइन्। मङ्गलवार राती पुरानो विवाद पनि शुरू भयो। त्यसैले यस्तो घटना भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा