दक्षिण कोलकाताबाट तृणमूललाई ठूलो झट्का, सांसद माला राय विद्रोही खेमामा सामेल हुने चर्चा
दक्षिण कोलकाताबाट तृणमूललाई ठूलो झट्का, सांसद माला राय विद्रोही खेमामा सामेल हुने चर्चा


कोलकाता, 10 जून (हि.स.)। तृणमूल कङ्ग्रेसलाई फेरि अर्को ठूलो राजनीतिक झट्का लाग्नसक्छ। पार्टीभित्र भइरहेको आन्तरिक किचलोबीच दक्षिण कोलकाताकी सांसद माला राय विद्रोही खेमामा सामेल हुने चर्चा तीव्र भएको छ।

सूत्र अनुसार माला राय गए मङ्गलवार आफ्ना पति निर्वेद राय, छोरा र छोरीसित दिल्ली गएकी छन्। भनिन्छ, उनले चाँड़ै नै विद्रोही सांसदहरूको समूहको समर्थनमा हस्ताक्षर गर्न सक्छन्। यदि मङ्गलवार यो प्रक्रिया पूरा भएको छैन भने बुधवार उनले हस्ताक्षर गर्ने सम्भावना रहेको बताइएको छ।

दक्षिण कोलकाता लोकसभा क्षेत्रलाई पछिल्लो लामो समयदेखिकै मुख्यमन्त्री ममता ब्यानर्जीको मजबुत राजनीतिक गढ़ मानिँदै आएको छ। यस्तो स्थितिमा माला रायको सम्भावित कदमलाई तृणमूलको लागि ठूलो झट्का मानिँदैछ।

उल्लेखनीय छ, हालैको विधानसभा चुनाउमा तृणमूललाई दक्षिण कोलकाताका केही महत्वपूर्ण क्षेत्रहरूमा ठूलो नोक्सान झेल्नु परेको थियो। भवानीपुर र रासबिहारी जस्ता क्षेत्रहरूमा पार्टीलाई अपेक्षित सफलता प्राप्त भएको थिएन।

विद्रोही खेमाको सूत्रले दाबी गरेको छ, माला राय सामेल भएपछि लोकसभामा उनीहरूको सङ्ख्या अझ बढ़्नेछ। यसअघि 16 जना सांसदहरूको एक समूहले लोकसभा अध्यक्ष ओम बिरलालाई पत्राचार गरेको समाचार प्रकाशमा आएको थियो भने सायनी घोषलाई लिएर पनि अड़कल लगाइँदैछ।

यदि माला राय र मिताली बाग पनि उक्त समूहमा सामेल भयो भने विद्रोही खेमाको सङ्ख्या 20 भन्दा अधिक हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande