
कोलकाता, 10 जून (हि.स.)। मुख्यमन्त्री शुभेन्दु अधिकारीले बुधवार बिहान न्यूटाउनस्थित राम मन्दिरमा पूजा-अर्चना गरे। यस अवधि राज्यका मन्त्री शारद्वत मुखर्जी, भाजपाकी प्रदेश महासचिव लकेट च्यटर्जी, तरुणज्योति तिवारी समेत केही गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।
मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको दीर्घायु एवं सफल नेतृत्वको कामना गर्दै विशेष पूजा गरे। उनले राम मन्दिर परिसरमा आयोजित यज्ञमा पनि भाग लिएर देशको उन्नति एवं समृद्धिको लागि प्रार्थना गरे।
पूजा-अर्चनापछि मीडियासित बातचित गर्दै मुख्यमन्त्री शुभेन्दु अधिकारीले भने, उनले भगवान श्रीरामसित प्रार्थना गरेका छन् कि भारत आगामी दिनमा विश्वगुरूको रूपमा स्थापित होस्। उनले भने, देशको प्रगति र विकाससँगसँगै पश्चिम बङ्गालका प्रत्येक नागरिकको कल्याण उनको सर्वोच्च प्राथमिकता हो।
मुख्यमन्त्रीले भने, राज्यका मानिसहरूको खुशियाली, शान्ति एवं समृद्धिको लागि सरकारले लगातार काम गरिरहेको छ भने जनकल्याणको उद्देश्यले सबै आवश्यक कदम उठाइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा