
नयाँ दिल्ली, 10 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्र सरकारले 12 वर्ष पूर्ण गरेको अवसरमा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बुधवार किशनगञ्जस्थित पिञ्जरापोल गौशालामा पुगेर विशेष पूजा-अर्चना गरिन्। यस अवधि मुख्यमन्त्रीले राष्ट्रको उन्नति, समृद्धि औ प्रधानमन्त्रीको स्वस्थ एवं दीर्घायु जीवनको मङ्गल कामना गरिन्। साथै गौ सेवामा पनि सामेल भइन्। उनले भनिन्, प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतले पछिल्लो 12 वर्षभित्रमा विकास, सुशासन, सेवा र राष्ट्र गौरवको नयाँ आयाम स्थापित गरेको छ। आज जनप्रतिनिधिहरू मात्र नबेर देशका करोड़ौं नागरिकहरूले प्रधानमन्त्रीप्रति कृतज्ञता व्यक्त गर्दै ईश्वरसित उनको सुस्वास्थ्यको प्रार्थना गरिरहेका छन्।
यस अवसरमा उत्तर पश्चिमी दिल्लीबाट सांसद योगेन्द्र चँदोलिया, चाँदनी चौक वार्डबाट निगम पार्षद सुमन कुमार गुप्ता पनि उपस्थित थिए।
मुख्यमन्त्रीले प्रधानमन्त्रीको समर्पणलाई सबैको लागि प्रेरणादायी बताउँदै भनिन्, उनले आफ्नो सम्पूर्ण जीवनलाई राष्ट्रसेवाप्रति समर्पित गरेका छन्। देशको सेवा गर्दै सबैभन्दा लामो कार्यकाल पूरा गर्ने क्रममा नले कुनै पनि दिन पनि अवकाश नलिई निरन्तर राष्ट्रहितलाई सर्वोच्च प्राथमिकता दिँदै आएका छन्। उनको भिजनकै कारणले आज भारत वैश्विक मञ्चमा सशक्त, आत्मविश्वासी औ निर्णायक राष्ट्रको रूपमा स्थापित भएको छ।
महिला मुख्यमन्त्रीको रूपमा प्रधानमन्त्री मोदीका पहलहरूको विशेष रूपमा उल्लेख गर्दै भने, प्रधानमन्त्रीको लगभग प्रत्येक योजनाको केन्द्रमा महिला सशक्तिकरणको भावना देखिन्छ। करोड़ौं शौचलयहरूको निर्माणले महिलाहरूले सम्मान पाए भने ‘उज्ज्वला योजना’-ले आमा तथा दिदी-बहिनीहरूको जीवनबाट धुँवाको समस्यालाई समाधान गर्दै उनीहरूको जीवनलाई सहज बनाइदिएको छ। साथै ‘मुद्रा योजना’, ‘पीएम स्वनिधि’ औ ‘ड्रोन दिदी’ जस्ता दूरदर्शी पहलहरूको माध्यमबाट देशका लाखौं महिला अनि युवाहरूलाई उद्यमिता तथा स्वरोजगारको नयाँ अवसर प्राप्त भएको छ।
मुख्यमन्त्रीले भनिन्, देशको आधा जनसङ्ख्याको पक्षबाट उनी प्रधानमन्त्री मोदीप्रति कोटी-कोटी धन्यवाद टक्राउँछन्। उनले विश्वास व्यक्त गरिन्, प्रधानमन्त्रीको कुशल नेतृत्वमा भारत ‘विकसित राष्ट्र’ बन्ने आफ्नो लक्ष्यलाई चाँड़ै हासिल गर्नेछ। उनले दोहोऱ्याइन्, प्रधानमन्त्रीको ‘सबैको साथ, सबैको विकास, सबैको विश्वास र सबैको प्रयास’- को मूलमन्त्रबाट प्रेरणा लिएर दिल्ली सरकारले पनि ‘विकसित दिल्ली’- को सङ्कल्पलाई साकार बनाउनको लागि प्रतिबद्ध भएर निरन्तर कार्य गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा