प्रधानमन्त्री मोदीको लामो आयुको कामना गर्न विशेष प्रार्थना सभा आयोजित
प्रधानमन्त्री मोदीको लामो आयुको कामना गर्न विशेष प्रार्थना सभा आयोजित


सिलगढ़ी, 10 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको दीर्घायु, सुवास्थ्य एवं देशको निरन्तर विकासको कामना गर्नको लागि बुधवार सिलगढ़ीमा एक विशेष प्रार्थना सभाको आयोजन गरियो।

यो कार्यक्रम सिलगढ़ी सङ्गठनात्मक जिल्ला भारतीय जनता पार्टी (भाजपा)-को पक्षबाट शहरको रामकृष्ण आश्रममा आयोजना गरिएको थियो जसमा राज्यका मन्त्री तथा सिलगढ़ीका विधायक शङ्कर घोष सहित पार्टीका केही नेता अनि कार्यकर्ताहरू उपस्थित थिए।

कार्यक्रममा प्रधानमन्त्रीको स्वस्थ एवं दीर्घ जीवनको लागि विशेष पूजा-अर्चना गरियो। उपस्थित भाजपा कार्यकर्ता अनि समर्थकहरूले देशको प्रगति, समृद्धि एवं ‘विकसित भारत’- को लक्ष्यलाई पूरा गर्नको लागि सामूहिक रूपमा प्रार्थना गरे।

कार्यक्रम पश्चात पत्रकारहरूसित बातचित गर्दै शङ्कर घोषले भने, नरेन्द्र मोदी देशको इतिहासमा सबैभन्दा लामो समयसम्म निर्वाचित हुने प्रधानमन्त्रीहरूमध्ये एकको रूपमा दर्रिएका छन्। उनको नेतृत्वमा भारतले विकासको नयाँ आयाम स्थापित गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande