
दार्जीलिङ, 10 जून (हि.स.)। दार्जीलिङबाट एक महत्वपूर्ण राजनीतिक खबर प्रकाशमा आएको छ जहाँ दीर्घकालिक पहाड़ समस्याको स्थायी समाधान गर्ने दिशामा केन्द्र सरकारले तीव्र पहल गरेको छ। पछिल्लो वर्षको अक्टोबर महिनामा केन्द्रिय गृह मन्त्रालले पहाड़का राजनीतिक जटिलताहरूलाई सुल्झाउनका लागि पङ्कज कुमार सिंहलाई मध्यस्थ नियुक्त गरेको थियो। उनले आफ्नो दायित्व निर्वाह गर्दै पहिलो पटक भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम)- का अध्यक्ष तथा गोर्खाल्याण्ड प्रादेशिक प्रशासन (जीटीए)-का प्रमुख अनित थापासित बैठक गरे।
राजनीतिक विशेषज्ञहरूले यस बैठकलाई अत्यन्त महत्वपूर्म मानिरहेका छन्। पछिल्लो लामो समयदेखिको पहाड़का मानिसहरूको माग रहिआएको छ कि क्षेत्रका समस्याहरूको स्थायी तथा ठोस राजनीतिक समाधान गरियोस्। अनित थापाले पनि धेरै वटा मञ्चहरूबाट यस मुद्दालाई उठाउँदै आइरहेका छन्। बुधवार भएको बैठकमा मुख्य रूपमा पहाड़का समस्याहरूको स्थायी तथा शीघ्र समाधानको रोडम्यापमाथि विस्तार पूर्वक चर्चा गरियो। बैठक पश्चात अनित थापाले भने, यो चर्चा सकारात्मक तथा रचनात्मक भयो जसबाट पहाड़को समग्र विकास अनि राजनीतिक गतिरोधलाई समाप्त गर्ने दिशामा आशा जागेको छ।
अर्कोतिर मध्यस्थ पङ्कज कुमार सिंहले पनि सङ्केत दिएका छन्, उनी सबै राजनीतिक दलहरूसित बातचित गरेर समाधान निकाल्नका लागि प्रतिबद्ध छन्। अब सबैको नजर यस कुरामाथि अड़िएको छ कि यस पहल पश्चात दार्जीलिङ लगायत वरपरका हिमाली क्षेत्रहरूको शताब्दिऔंदेखि थाँतीमा रहेका समस्याहरूको समाधान कुन दिशामा अगाड़ि बढ़्नेछ अनि यसले आम मानिसहरूको जीवनमा कतिसम्म सकारात्मक प्रभाव पार्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा