अलिपुर जिल्ला परिषद कार्यालयमा आगलागी, सन्त्राष व्याप्त
अलिपुर जिल्ला परिषद कार्यालयमा आगलागी, सन्त्राष व्याप्त


कोलकाता, 10 जून (हि.स.)। दक्षिण कोलकाताको अलिपुरस्थित जिल्ला परिषद कार्यालयमा आगो लागेर कोकोहोलो मचियो। बुधवार बिहान 9:45 बजे अलिपुर अदालतको छेउमा दक्षिण 24 परगना जिल्ला परिषदको बहुतले कार्यालय भवनबाट कालो धुँवा निक्लिरहेको देखेपछि मानिसहरूले दमकल विभागलाई सूचित गरिदिए। सूचना पाए लगत्तै दमकलका न्यूनतम दश वटा वाहन सहित कर्मचारीहरूले घटनास्थलमा पुगेर आगो निभाउने कार्य शुरू गरे।

प्राथमिक रूपमा मानिँदैछ, वातानुकूलन (एसी) प्रणालीमा शर्ट सर्किट भएको कारणले आगो लागेको हो। आगो वास्तवमा भवनको चौथो तलाबाट शुरू भएको थियो जुन हेर्दा-हेर्दै पाँचौ र छैटौं तलासम्म फैलियो। कार्य दिवस भएको कारणले कर्मचारीहरू कार्यालयमा आउन शुरू भएको थियो। तथापि आगलागीको वास्तविक कारण अहिले पनि पत्तो लाग्न सकेको छैन।

एकजना प्रत्यक्षदर्शीले बताए, “बिहान लगभग साढ़े नौ बजे लागेको आगो द्रूत गतिमा तेस्रो तलासम्म फैलियो जसले गर्दा त्यहाँ अवस्थित केही विभागीय कार्यालयहरू प्रभावित भए। भवनभरि धुँवा भरिएको कारणले भित्र काम गरिरहेका कर्मचारीहरू पनि डराए। स्थिति अझ गम्भीर हुन अगावै दमकल विभागले आगोलाई नियन्त्रण गऱ्यो।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande