
सिलगढ़ी, 10 जून (हि.स.)। उत्तर बङ्गालको सिलगढ़ीमा एक पीड़ादायी दुर्घटना भएको समाचार प्राप्त भएको छ जहाँ फोरलेन एलिभेटेड सड़क निर्माण गर्ने क्रममा खनिएको खाल्डोमा पसेर एकजना युवकको मृत्यु भयो। घटना माटीगाड़ाको खप्रेल मोड़ क्षेत्रमा भएको हो जसबाट सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचियो।
प्राप्त जानकारी अनुसार माटीगाड़ास्थित राष्ट्रिय राजमार्ग-10 मा फ्लाइओभरको निर्माण कार्य भइरहेको छ। यसै क्रममा पिलर निर्माण गर्नको लागि एउटा गहिरो खाल्डो खनिएको थियो।
भनिन्छ, गए मङ्गलवार अबेर राती एकजना बाइक सवार युवकले अचानक नियन्त्रण गुमाएको कारणले बाइकसितै उक्त खाल्डोमा झरे। बुधवार बिहान स्थानीय मानिसहरूको नजर खाल्डोभित्र पसेको बाइकको केही भाग देखेपछि तत्कालै पुलिसलाई सूचित गरे। त्यसपछि माटीगाड़ा थानाको पुलिस र दमकल विभागले घटनास्थलमा पुगेर कड़ा परिश्रम गरी युवकलाई बाइकसितै बाहिर निकाल्यो।
त्यसपछि युवकलाई उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पुऱ्याइयो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। मृतकको उमेर लगभग 30 वर्ष रहेको छ।
जानकारी अनुसार युवकले भर्खरै मात्र बाइक खरिद गरेका थिए।
यस घटनापछि स्थानीय मानिसहरूमा व्यापक आक्रोश देखियो। स्थानीयहरूको आरोप छ, खाल्डो वरिपरी न त उचित ब्यारिकेडिङ्ग गरिएको थियो, न कुनै चेताउनी सङ्केत लगाइएको थियो जसले गर्दा यो दुर्घटना भयो।
हाल पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ। साथै निर्माणस्थानमा सुरक्षा मानदण्डहरू पालन गरिएको छ कि छैन, त्यसको पनि जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा