
गोरुबथान, 10 जून (हि.स.)। कालेबुङ जिल्लाको गोरुबथान खण्ड अन्तर्गत विभिन्न समष्टिका निर्वाचित सभासदहरू, पञ्चायतका सदस्यहरू, पञ्चायत समितिका सदस्य अनि समष्टिका नेतृत्वहरूको एउटा आन्तरिक बैठक आज सम्पन्न भयो। उक्त बैठकमा वर्तमानमा चलिरहेका राजनीतिक घटनाक्रमहरूमाथि छलफल भयो।
बैठकमा व्यापक छलफलपछि नेतृत्वहरूले क्षेत्रीयताको सुरक्षा केवल बीजीपीएमले गर्न सक्छ र क्षेत्रीयता बचाउन बीजीपीएमलाई सशक्त पार्टी बनाउनुपर्छ भन्ने अडान राखे। उनीहरूले भने, यो समय पार्टीबाट राजीनामा दिने होइन। पार्टीको मूलढुङ्गा भएर निर्वाचित सदस्यहरू अनि समष्टिका नेतृत्वहरू अडिक भएर बस्नुपर्छ। सभाले अनित थापाकै नेतृत्वमा अघि बढ्ने प्रस्ताव ग्रहण गरेको बताइएको छ।
हिन्दुस्थान समाचार / हनोक