
- पहाडको स्थायी राजनीति समाधानमाथि चर्चा
खरसाङ, 10 जून (हि.स.)। दार्जिलिङ पहाडको समस्याको समाधानको निम्ति केन्द्र सरकारको निर्देशनमा पहाडमा रहेका इन्टरलोक्युटर पंकजकुमार सिंहसित जीटीए प्रमुख अनित थापाले आज भेट गरेका छन्।
जीटीए प्रमुख थापाले आज जारी एक प्रेस विज्ञप्तिमा भने, इन्टरलोक्युटर पंकजकुमार सिंहको निमन्त्रणामा मैले आज उनीसँग भेट गरे। हाम्रो भेटघाट आरआर ब्लकस्थित तकदाह फरेस्ट गेस्ट हाउसमा भयो। मेरो भेटघाट जीटीएको प्रमुख कार्यपालको हैसियतमा भएको हो।'
45 मिनटको बैठकमा जीटीए प्रमुख अनित थापा र इन्टरलोक्युटर पंकजकुमार सिंहमाझ पहाडको स्थायी राजनीति समाधानमाथि चर्चा गरेको जानकारी प्राप्त भएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक