दार्जिलिङ, 10 जून (हि.स.)। भारतीय नेपाली चलचित्र अध्ययनको क्षेत्रमा महत्त्वपूर्ण योगदानस्वरूप ‘चलचित्र अध्ययन: सिद्धान्त र प्रयोग’ पुस्तकको लोकार्पण गरिएको छ। उक्त पुस्तक साउथ फिल्ड कलेज, दार्जिलिङको नेपाली विभागका सहायक प्राध्यापक कुशल घिमिरेले सम्पादन गरेका हुन्।
पुस्तकको औपचारिक लोकार्पण बुधवार दार्जिलिङस्थित गामा बुक्समा सम्पन्न भयो। पुस्तकको लोकार्पण भूपेन्द्र सुब्बा, बिनिता छेत्री, कृष्ण छेत्री तथा सम्पादक स्वयं कुशल घिमिरेले संयुक्त रूपमा गरे। दार्जिलिङस्थित गामा प्रकाशनद्वारा प्रकाशित यस कृतिमा नेपाली र अंग्रेजी भाषाका २७ वटा लेखहरू समावेश छन्, जसलाई अनुसन्धानकर्ता, लेखक तथा कलाकारहरूले योगदान दिएका छन्।
पुस्तकमा भारतीय नेपाली चलचित्रका सैद्धान्तिक तथा व्यावहारिक पक्षहरूको विविध आयाममाथि चर्चा गरिएको छ। साथै, यसले भारतीय नेपाली चलचित्रको इतिहास, सौन्दर्यशास्त्र, सांस्कृतिक महत्त्व तथा समकालीन विकासक्रमबारे गहन र समालोचनात्मक दृष्टिकोण प्रस्तुत गरेको छ।

हिन्दुस्थान समाचार / हनोक