
गान्तोक, 10 जून (हि.स.)। विशेष गहन पुनरीक्षण (एसआईआर) २०२६ अन्तर्गत गणना फाराम (ईएफ) वितरण अभियानको १२औँ दिनसम्म गान्तोक जिल्लाले उल्लेखनीय प्रगति हासिल गरेको छ। जिल्लाका योग्य मतदातामध्ये ७५.५६ प्रतिशतसम्म गणना फाराम वितरण गरिएको छ।
१२औँ दिनसम्म जिल्लाभरि रहेका १,२२,२४० योग्य मतदातामध्ये कुल ९२,३६१ वटा गणना फाराम वितरण गरिएको छ। यो उपलब्धि बूथस्तरीय अधिकारी (बीएलओ) हरूको समर्पित प्रयासका कारण सम्भव भएको बताइएको छ। अधिकिरीहरूले दुर्गम तथा चुनौतीपूर्ण ठाउँहरू पार गर्दै योग्य मतदातासम्म फाराम वितरण गरेका छन्।
विशेषगरी, दिव्याङ्ग व्यक्ति तथा ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिँदै बीएलओहरूले घरमै पुगेर सेवा प्रदान गरेका छन्। बूथस्तरीय अधिकारीहरूद्वारा घर-घरमा पुगेर गणना फाराम वितरण तथा सङ्कलन गर्ने कार्य २८ जून, २०२६ सम्म जारी रहनेछ।
---------------
हिन्दुस्थान समाचार / बिशाल