अन्नपूर्ण योजनाको लाभ पुऱ्याउनको लागि विशेष पहल
अन्नपूर्ण योजनाको लाभ पुऱ्याउनको लागि विशेष पहल


पश्चिम बर्दवान, 11 जून (हि.स.)। बाराबनी विधानसभा क्षेत्रको नुनी ग्राम पञ्चायत अन्तर्गत 281 नम्बर आईसीडीएस केन्द्र, बाजपाड़ामा बिहिवार एक शिविर आयोजना गरियो। डबल इञ्जिनको सरकारको जनमुखी योजना अन्नपूर्ण भण्डारको लाभ सर्वसाधारण जनतासम्म यथाशीघ्र पुऱ्याउने उद्देश्यले यस विशेष शिविरमा ल्यापटपको माध्यमबाट अनलाइन फारम भर्ने तथा आवश्यक दस्तावेजहरूसित सम्बन्धित सहायता प्रदान गरियो।

विशेष रूपमा अनुसूचित जनजाति बहुल यस क्षेत्रका मानिसहरूलाई योजनासित जोड़ेर उनीहरूलाई सरकारी सुविधाको लाभ दिलाउनका लागि हरसम्भव सहयोग गरियो। साथै उनीहरूका समस्याहरू पनि सुनेर आवेदन प्रक्रियाको बारेमा विस्तृत जानकारी दिइयो।

सरकारी योजना तथा सेवाहरूलाई आम जनताको ढोकासम्म पुऱ्याउन अनि आवश्यकतामा रहेका मानिसहरूलाई सहायता गर्नु नै हाम्रो सङ्कल्प हो।अन्नपूर्ण योजना जस्तो जनकल्याणकारी योजनाको लाभ प्रत्येक पात्र व्यक्तिसम्म पुगोस्, यसै उद्देश्य अन्तर्गत प्रयास लगातार जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande