
इटानगर, 11 जून (हि.स.)। अरुणाचल प्रदेशका सांसद तापिर गाओले आज इटानगरस्थित अरुणाचल प्रदेश भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा मीडियाकर्मीहरूसित बातचित गर्दै भने, अरूणाचल प्रदेश धर्मको स्वतन्त्रता अधिनियम (अफरा), 1978 वास्तवमा भिन्न-भिन्न धर्मका मानिसहरूलाई कानूनी मान्यता वा प्रमाणिकता दिने सम्बन्धमा छ।
अरुणाचल प्रदेशका मानिसहरूबीच अफरा, 1978 को ड्राफ्ट नियमहरूलाई लिएर व्यापक भ्रम तथा अफवाह फैलिएको छ। अरुणाचल क्रिश्चियन फोरम (एसीएफ)-ले यी ड्राफ्ट नियमहरूको विरोध गरिरहेको छ तथा दाबी गरिरहेको छ, यो कानून राज्यको इसाई समुदायको विरोधमा छ। तथापि सांसद तापिर गाओले मानिसहरूलाई भ्रम बारे स्पष्ट पार्दै भने, यो कानून कुनै धर्मको विरोधमा छैन, यसले राज्यका सबै धर्महरूको सुरक्षा गर्नेछ अनि उनीहरूलाई प्रमाणिकता दिनेछ।
यो एक सामान्य कानून हो जुन देशका लगभग 15 वटा राज्यहरूमा पहिलाबाटै लागू छ। यस कानूनमा कुनै खास धर्मको सुरक्षा वा कुनै थास धर्मको विरोधमा कुनै प्रावधान छैन। यसबीच अरुणाचल क्रिश्चियन फोरमले हालैमा आगामी 19 जूनको दिन इटानगरमा एक विराट ऱ्याली निकाल्ने घोषणा गरेको छ। उनले देशभरिका इसाईहरूसित अपील गरेका छन्, उनीहरू कानूनकोड्राफ्ट नियमहरूको विरोधमा प्रदर्शनमा सामेल होउन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा