
डिब्रुगढ़ (असम), 11 जून (हि.स.)। असम सरकारका उद्योग वाणिज्य एवं सांस्कृतिक मामिलाका मन्त्री बिमल बोराले बिहीवार भने, एक्ट ईस्ट नीतिको माध्यमबाट असम दक्षिण-पूर्व एशिया तथा इण्डो-प्यासिफिक क्षेत्रको साथमा भारतको द्रूत गतिमा उदाइरहेको छ। उनले भने, यो पहलले राज्यको लागि व्यापार, निवेश, सम्पर्क व्यवस्था तथा आर्थिक विकासका नयाँ अवसरहरूको द्वार खोलिरहेको छ। ्
बोराले आफ्नो विधायक सेवा केन्द्रमा टिङ्गखाङ्ग विधानसभा क्षेत्रका मानिसहरूसित बातचित गर्दै गरी दिनको शुरूआत गरे। यस अवधि उनले पत्रकारहरूसित बातचित गर्दै भने, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले हालैमा उनलाई एक्ट ईस्ट नीति मामिला विभागको जिम्मेवारी सुम्पिएका छन्। उनले यसलाई एक विभागीय दायित्व मात्र नभएर असमलाईभारतको रमनीतिक प्रवेश द्वारको रूपमा स्थापित गर्ने दूरदर्शी पहल बताए।
उनले भने, एक्ट ईस्ट नीतिको मुख्य उद्देश्य विकासका भावी सम्भावनाहरूलाईसाकार पर्नु हो जसान्तर्गत व्यापार एवं निवेशलाई प्रोत्साहित गर्नु, दक्षिण-पूर्व एशियाली देशहरूसित सम्पर्क व्यवस्थालाई सशक्त बनाउन, अन्तर्राष्ट्रिय साझेदारीहरूको विस्तार गर्ने तथा असमको समृद्ध सांस्कृतिक धरोहरलाई वैश्विक स्तरमा पहिचान दिलाउने दिशामा काम गरिरहेको छ।
मन्त्रीले भने, यस नीतिको परिणामस्वरूप असमको लागि नयाँ सम्भावनाहरू उत्पन्न भएको छ। वैश्विक बजारसम्म श्रेष्ठ पहुँच,उन्नत लोजिस्टिक व्यवस्था तथा किसान, उद्यमी र युवाहरूको लागि नयाँ अवसरहरूको माध्यमबाट राज्यको अर्थव्वस्थालाई नयाँ गति प्राप्त भइरहेको छ। उनले भने, ‘एडभान्टेज असम’ यस दिशामा एक उल्लेखनीय उपलब्धि साबित भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा