पूर्व पार्षद सञ्जय नोनियामाथि भाजपा कार्यकर्ता तथा परिवारमाथि हमला गरेको आरोप
पूर्व पार्षद सञ्जय नोनियामाथि भाजपा कार्यकर्ता तथा परिवारमाथि हमला गरेको आरोप


पश्चिम बर्दवान, 11 जून (हि.स.)। नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा 12 वर्ष पूरा गरेको अवसरमा कुल्टी विधानसभाको मण्डल-4 अन्तर्गत धेमोमेन शिव मन्दिर न्यू क्वार्टरको छेउमा गए बुधवार राती भाजपा कार्यकर्ताहरूद्वारा पूजा-अर्चना अनि प्रार्थना सभा आयोजना गरियो। कार्यक्रम शान्तिपूर्ण ढङ्गमा समापन भएपछि भाजपा कार्यकर्ताहरूमाथि कुटपिट गरेको आरोप उठेको छ।

भाजपा कार्यकर्ता बिरजू यादवले आरोप लगाए, कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण एवं भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रम समाप्त भएपछि तृणमूलका पूर्व नेता एवं आसनसोल नगरनिगमका पूर्व पार्षद सञ्जय नोनिया, उनका पिता रोहित नोनिया, बलबीर नोनिया, राहुल नोनिया, मनोज नोनिया तथा 20- 25 जना अन्य मानिसहरूले उनीमाथि र उनको परिवारमाथि हमला गरे।

बिरजू यादव अनुसार हमलाकारीहरूले उनलाई सोधे, भाजपाको कार्यक्रम उनले कसको अनुमति लिएर गरिरहेका छन् र किन गरिरहेका छन्, त्यसपछि उनीमाथि कुटपिट गरियो। यस घटनामा बिरजू यादव सहित केही भाजपा कार्यकर्ताहरू घाइते भए। सबै घाइतेहरूलाई उपचारको निम्ति आसनसोल जिल्ला अस्पतालमा भर्ती गरिएको छ जहाँ उनीहरूको उपचार भइरहेको छ। घटनापछि क्षेत्रमा तनाउ फैलिएको छ। पुलिसले मामिलाको जाँच गरिरहेको छ। आरोपीहरूलाई पक्राउ गर्नको लागि विभिन्न स्थानहरूमा छापामारी गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande