
सिलगढ़ी, 11 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का युवा मोर्चाले सिलगढ़ी जिल्ला अस्पतालमा स्वच्छ भारत अभियान अन्तर्गत एक विशेष सफाई कार्यक्रम बिहीवार आयोजना गरियो।
यस अभियानको उद्देश्य अस्पताल परिसरलाई सफा राख्नु तथा आम मानिसहरूबीच स्वच्छताप्रति जागरूकता फैलाउनु थियो।
यस कार्यक्रममा भाजपाको विभिन्न स्तरहरूका कार्यकर्ता, पदाधिकारी औ युवा मोर्चाका सदस्यहरू ठूलो सङ्ख्यामा सामेल भए।
अभियान अवधि अस्पताल परिसरमा थुप्रिएको मैला-कुचैलाहरूलाई तह लगाइयो साथै स्वच्छ वातावरणलाई कायम राख्ने सन्देश मानिसहरूसम्म पुऱ्याइयो। यसको साथै रोगीहरू तथा उनीहरूको परिवारलाई सर-सफाईको महत्व बारे जागरूक गराइयो।
कार्यक्रमको अन्तमा मानवताको उदाहरण पेस गर्दै युवा मोर्चाका सदस्यहरूले आस्पतालका विभिन्न वार्डहरूमा उपचार गरिरहेका आवश्यकतमा रहेका रोगीहरूतथा उनीहरूको परिवारहरूलाई फल वितरण गरे। यसको साथै सबै रोगीहरको शीघ्र स्वास्थ्य लाभको कामना गरियो।
यस अवसरमा भाजपा युवा मोर्चाका जिल्लाध्यक्ष सौरभ बसु सरकारले भने, स्वच्छ भारत अभियान एउटा कार्यक्रम मात्र होइन जबकि हाम्रो सामाजिक जिम्मेवारी पनि हो। आज हामीले जिल्ला अस्पतालमा यो अभियान सञ्चालन गऱ्यौं र आगामी दिनमा यसलाई निरन्तरता दिनेछौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा