
बाँकुड़ा, 11 जून (हि.स.)। बाँकुड़ा नगरपालिका क्षेत्रमा सरकारी परियोजनाका बाल्टीहरू एउटा गोदाममा भेटिएको आरोपलाई लिएर बिहीवार राजनीतिक विवाद उत्पन्न भयो। आरोप छ, वार्ड नम्बर एकका निर्दलीय पार्षद देवाशिष लाहाको गोदाममा ठूलो सङ्ख्यामा सरकारी बाल्टीहरू राखिएको थियो। यो खबर बाहिरिनसाथ भाजपा कार्यकर्ताहरूले पार्षदविरूद्ध प्रदर्शन गरे।
स्थानीय सूत्र अनुसार सरकारी परियोजनाका बाल्टीहरू ई-रिक्शामा लादेर नगरपालिका परिसरमा ल्याउने प्रयास गरिंंदैथ्यो। भाजपा कार्यकर्ताहरूले यो कुरा थाहा पाएपछि उनीहरूले जाँंच शुरू गरे। आरोप छ, बाल्टीहरू देवाशिष लाहाको गोदामबाट ल्याइँदैथ्यो जुन उनको कार्यालयको पछाड़ि अवस्थित छ।
भाजपा कार्यकर्ताहरूले घटनास्थलमा पुगेर विरोध प्रदर्शन गर्न शुरू गरे। स्थिति तनाउपूर्ण भएपछि पुलिसले नियन्त्रण गऱ्यो। भाजपाको आरोप छ, आम मानिसहरूको लागि आवन्टित सरकारी सामग्रीलाई गोदाममा थुपारेर राखिएको थियो।
घटनापछि देवाशिष लाहाको बेपत्ता भएका छन्। फोन गर्दा पनि उनीसित सम्पर्क हुनसकेन। भाजपा नेता रञ्जीत मजुमदारले मामिलाको निष्पक्ष जाँच गर्ने माग गर्दै भने, नगरपालिकाको सामग्री निजी गोदाममा कसरी पुग्यो, यसको जाँच हुनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा