
पश्चिम बर्दवान, 11 जून (हि.स.)। पक्रा पर्ने तृणमूल कङ्ग्रेस नेता सुकुमार दत्तालाई अदालत लैजाने क्रममा दुर्गापुर थाना परिसरमा त्यसबेला स्थिति तनाउपूर्ण भयो जतिबेला भाजपा कार्यकर्ता अनि समर्थकहरूले उनको विरोध गरे।
सूत्र अनुसार बिहीवार बिहान न्यू टाउनशिप थानाबाट सुकुमार दत्तालाई दुर्गापुर महकुमा अदालतमा लगिँदैथ्यो। यसै अवधि ठूलो सङ्ख्यामा भाजपा कार्यकर्ताहरू थाना परिसर बाहिर भेला भएर उनको विरोधमा नाराबाजी शुरू गरे।
आरोप छ, विरोध प्रदर्शन अवधि भाजपा समर्थकहरूले सुकुमार दत्तालाई लक्षित गरेर अण्डा फाले। घटनापछि थाना परिसरमा केही समयसम्म तनाउपूर्ण माहोल उत्पन्न भयो। स्थितिलाई नियन्त्रण गर्नको लागि न्यू टाउनशिप थाना पुलिसलाई कड़ा परिश्रम गर्नुपऱ्यो।
पुलिस सूत्र अनुसार दुर्गापुरको न्यू टाउनशिप थाना क्षेत्र निवासी सुकुमार दत्ताविरूद्ध भ्रष्टाचार, आतङ्क फैलाएको तथा कथित रूपमा असुली सम्बन्धि सिकायतहरू दर्ता गरिएको थियो। यी सिकायतहरूको आधारमा बुधवार राती उनलाई पक्राउ गरियो।
पुलिसको भनाइ छ, प्राप्त सिकायत तथा उपलब्ध तथ्यहरूको आधारमा कारबाही गर्दै सुकुमार दत्तलाई पक्राउ गरिएको छ। मामिलाको जाँंच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा