दासपुरमा छात्राहरूसित अश्लील कृत्य गरेको आरोप, शिक्षकलाई जुत्ताको माला लगाएर विरोध प्रदर्शन गरियो
दासपुरमा छात्राहरूसित अश्लील कृत्य गरेको आरोप, शिक्षकलाई जुत्ताको माला लगाएर विरोध प्रदर्शन गरियो


पश्चिम मेदिनीपुर, 11 जून (हि. स.)। जिल्लाको दासपुर क्षेत्रमा अवस्थित एउटा प्राथमिक विद्यालयका शिक्षकमाथि छात्राहरूसित अनुचित व्यवहार गरेको आरोप लागेपछि गए बुधवार रड़ाँको मचियो। आक्रोशित ग्रामीणहरूले शिक्षकलाई घेरेर विरोध प्रदर्शन गरे। स्थिति बिग्रिँदै गएपछि पुलिस तथा केन्द्रिय बल घटनास्थलमा पुग्यो।

जानकारी अनुसार एरेटी नेताजी प्राथमिक विद्यालयका केही छात्राहरूले आ-आफ्नो परिवारलाई बताए, टिफिनको समयमा एकजना शिक्षकले उनीहरूलाई बोलाएर अनुचित ढङ्गमा छुने गर्दथे। परिवारहरूको आरोप छ, यस किसिमका गटनाहरू पहिला पनि भइसकेका छन्।

आरोप उठ्नसाथ स्थानीय मानिसहरूमा आक्रोश व्याप्त भयो। ग्रामीणहरूले आरोपी शिक्षक स्वपन काँदारलाई समातेर जुत्ताको माला लगाइदिए।साथै विरोध प्रदर्शन पनि गरे। यस अवधि धक्का-मुक्का एवं कुटपिट पनि गरियो।

घटनाको जानकारी पाएर पुलिस अनि केन्द्रिय बल घटनास्थलमा पुग्यो अनि आरोपी शिक्षकलाई त्यहाँबाट सुरक्षित आफूसित लिएर गयो। पछि स्थितिलाई नियन्त्रण गरियो।

अर्कोतिर बुधवार साँझ नै आरोपी शिक्षकले आफूमाथि लगाइएका सबै आरोपहरूलाी खारेज गर्दै भने, उनले विद्यार्थीहरूलाई स्नेह र आफ्नोपनको साथमा पढाउँछन्। उनले दाबी गरेका छन्, राजनीतिक कारणले उनलाई लक्षित गरिएको हो। तथापि उनले यो पनि भने, यदि उनको कुनै व्यवहारले कसैलाई कुनै प्रकारको ठेस पुगेको छ भने त्यसको लागि उनी खेद प्रकट गर्दछन्।

पुलिसले मामिलाको जाँच शुरू गरेको छ। अधिकारीहरूको भनाइ छ, जाँच पूरा हुन तथा आरोपहरू पुष्टि हुन अगावै निष्कर्षमा पुग्नु उचित हुँदैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande