बजट सत्रपूर्व उत्तर बङ्गालमाथि फोकस, उत्तरकन्यामा वित्तमन्त्रीको महत्वपूर्ण बैठक
बजट सत्रपूर्व उत्तर बङ्गालमाथि फोकस, उत्तरकन्यामा वित्तमन्त्रीको महत्वपूर्ण बैठक


सिलगढ़ी, 11 जून (हि.स.)। आगामी 18 जूनदेखि शुरू हुने राज्य बजट सत्र-2026 पूर्व उत्तर बङ्गालको विकासलाई लिएर सरकार सक्रिय भएको छ। यसै क्रममा बिहीवार सिलगढ़ीस्थित मिनी शाखा सचिवालय उत्तरकन्यामा राज्यका वित्तमन्त्री स्वपन दासगुप्ताले एक उच्चस्तरीय बैठक गरे।

यस महत्वपूर्ण बैठकमा उत्तर बङ्गाल विकास मन्त्री निशीथ प्रमाणिक र वित्त राज्य मन्त्री आनन्दमय बर्मन पनि उपस्थित थिए। यस अतिरिक्त दार्जीलिङ तथा जलपाईगुड़ी जिल्लाका प्रशासनिक अधिकारीहरू पनि बैठकमा सामेल भए। बैठकको मुख्य उद्देश्य आगामी बजट पेश हुनअघि उत्तर बङ्गाकला उद्योग, व्यापार औ आर्थिक ढाँचासित सम्बन्धित समस्या अनि सम्भावनाहरूमाथि विस्तार पूर्वक चर्चा गर्नु थियो। विभिन्न उद्योग अनि व्यापारी सङ्गठनहरूका प्रतिनिधिहरूले आफ्नो माग, समस्या अनि सुझाउ सोझै वित्तमन्त्री समक्ष राखे।

बैठकमा क्षेत्रको औद्योगिक विकास, बुनियादी ढाँचामा सुधार तथा व्यापारलाई प्रेरित गर्ने उपायहरूमाथि विशेष बल दिइयो।

भनिन्छ, यस बैठकको माध्यमबाट सरकारले उत्तर बङ्गालका आर्थिक आवश्यकताहरूलाई बजटमा प्राथमिकता दिने तयारी गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande