
सिलगढ़ी, 11 जून (हि.स.)। राज्यका वित्त मन्त्री स्वप्न दासगुप्ता पदभार ग्रहण गर्नसाथ उत्तर बङ्गालको भ्रमणमा आइपुगे। बागडोगरा एयरपोर्टमा आएपछि पत्रकारहरूसित कुराकानी गर्दै उनले भने, आगामी राज्य बजट अगाड़ि क्षेत्रको वास्तविक स्थितिलाई बुझ्न अनि जनताका अपेक्षाहरू जान्न आवश्यक छ।
उनले बताए, उत्तर बङ्गाल पछिल्लो लामो समयदेखिकै उपेक्षित रहिआएको छ। त्यसैले सरकारले यस क्षेत्रलाई विशेष प्राथमिकता दिरहेको छ। आगामी 20 जूनमा राज्य बजट पेश गरिनेछ, त्यस अगावै आम जनतासित सम्वाद गरी उनीहरूका आवश्यकताहरूलाई बुझ्ने प्रयास गरिँदैछ।
वित्त मन्त्रीले यो पनि भने, यस भ्रमणकालमा विभागीय वरिष्ठ अधिकारीहरू पनि उनको साथमा छन् ताकि धरातलीय स्तरका समस्याहरूको सही मूल्याङ्कन गर्न सकियोस्। आज उनले उत्तरकन्यामा प्रशासनिक बैठक पनि गर्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा