
कोलकाता, 11 जून (हि. स.)। अलिपुरको दक्षिण 24 परगना जिल्ला परिषद कार्यालयमा भएको आगलागीको घटनाले नयाँ मोड़ लिएको छ। आगो कसरी लाग्यो, प्रश्न उठिरहेको छ। यसबीच दक्षिण 24 परगनाका अतिरिक्त जिल्ला मेजिस्ट्रेट (एडीएम)-ले अलिपुर थानामा लिखित सिकायत दर्ता गराएका छन्।
सिकायतको आधारमा पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ। घटना घटेको लगभग 24 घण्टापछि पनि आगो पूर्ण रूपले नियन्त्रण नगरिएको पुष्टि भएको छ। आगोलो ज्वाला नदेखिए पनि भित्र-भित्रै आगो सल्किरहेको आशङ्का कायमछ। त्यसैले बिहीवार बिहान पनि दमकलका केही वाहनहरू घटनास्थलमा आइपुगे अनि सम्पूर्ण परिसरको निरीक्षण गरे। आगलागीको वास्तविक कारम पत्तो लगाउनको लागि फोरेन्सिक विशेषज्ञहरूलाई बोलाइएको छ। सबै पक्षहरूको जाँच गरिंदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा