जङ्गीपुर महकुमा अस्प्तालमा इन्जेक्शन लगाएपछि बिमार भए केही रोगीहरू, जाँच गर्ने माग
जङ्गीपुर महकुमा अस्प्तालमा इन्जेक्शन लगाएपछि बिमार भए केही रोगीहरू, जाँच गर्ने माग


मुर्शिदाबाद, 11 जून (हि.स.)। जिल्लाको जङ्गीपुर महकुमा अस्पतालमा एउटै वार्डमा उपचारादिन केही रोगीहरूले इन्जेक्शन लगाएपछि उनीहरूको अवस्था बिग्रिएको सिकायत गरेका छन्। घटनाको कारणले बिहीवार अस्पताल परिसरमा तनाउ व्याप्त भयो भने रोगीहरूका आफन्तहरूले आक्रोश व्यक्त गरे।

अस्पताल सूत्र अनुसार बिहीवार वार्डमा भर्ती केही रोगीहरूलाई नियमित उपचार अन्तर्गत निर्धारित इन्जेक्शन दिइएको थियो। आरोप छ, इन्जेक्सन दिएको तत्कालैपछि केही रोगीहरूले असुविधा, शारीरिक कमजोरी तथा अन्य शारीरिक समस्याहरूको सूचना दिए।

रोगीहरू अनि परिवारका सदस्यहरूको दाबी छ, त्यसपछि उनीहरूको अवस्था बिग्रिन थाल्यो। घटना भएको खबर फैलिनसाथ अस्पताल परिसरमा चिन्तापूर्ण माहोल सृजित भयो। रोगीहरूका आफन्तहरूले चिकित्सा लापरवाहीको आरोप लगाउँदै घटनाको निष्पक्ष जाँच गर्ने माग गरे। स्थिति तनाउपूर्ण भएको देखेर अस्पतालका अधिकारीहरूले प्रशासन अनि पुलिस सहित घटनास्थलमा पुगेर स्थितिलाई सम्हाले।

अस्पतालका अधिकारीहरूले भने, सङ्क्रमित रोगीहरूलाई कड़ानिगरानीमा राखिएको छ। उनीहरूलाई आवश्यक उपचार प्रदान गरिँदैछ। तथापि अहिलेसम्म यो निश्चित भएको छैन कि इन्जेक्शन लगाएपछि रोगीहरूको शारीरिक स्थितिमा ह्रासबीच कुनै सोझो सम्बन्ध छकि छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande