
नयाँ दिल्ली, 11 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्र सरकारमा 12 वर्ष पूरा गरेको उपलक्ष्यमा आगामी 18-देखि 20 जूनसम्ममा दिल्लीका विभिन्न क्षेत्रहरूमा 39 वटा जनकल्याण शिविरहरू आयोजना गरिनेछ। यी शिविरहरूको माध्यमबाट केन्द्र सरकार अनि दिल्ली सरकारका विभिन्न जनहितकारी योजनाहरू अनि सेवाहरूलाई नागरिकहरूसम्म सोझै पुऱ्याउने प्रयास गरिनेछ।
दिल्लीोका लोक निर्माण विभागीय मन्त्री प्रवेश साहिब सिंहले बिहीवार जनकल्याण शिविरहरूको तयारीलाई लिएर दिल्ली सचिवालयमा सरकारका विभिन्न विभागहरूका वरिष्ठ अधिकारीहरूसित समीक्षा बैठक गरे। बैठकमा प्रत्येक विभागलाई यो सुनिश्चित गर्ने निर्देस दिइयो, शिविरहरूमा आउने नागरिकहरूलाई योजनाहारूको जानकारी, आवश्यक सेवा औ सहायता एकै स्थानमा सरल एवं प्रभावकारी ढङ्गमा उपलब्ध होस्। विशेष रूपमा पात्र लाभार्थीहरूसम्म योजनाहरूको लाभ पुऱ्याउन अनि अधिकतम जनसहभागिता सुनिश्चित गर्नेमाथि बल दिइयो।
यस अवसरमा मन्त्री प्रवेश साहिब सिंहले भने, प्रधानमन्त्री मोदीको 12 वर्षको कार्यकाल सेवा, सुशासन, पारदर्शिता औ गरीब कल्याणप्रति समर्पित रहेको छ। जनकल्याण शिविरहरूको उद्देश्य सरकार अनि जनताबीचको दूरत्वलाई कम गरेर यो सुनिश्चित गर्नु हो कि कुनै पनि पात्र नागरिक कुनै पनि योजनाको लाभदेखि वञ्चित हुन नपरोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा